अमृत बस्नेत , कतार बिश्व कप २०२२ छनौट चरण अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले चाइनिज ताइपेइ लाई उस्को घरेलु मैदानमा २-० गोल अन्तर ले पराजित गरेको छ। पहिलो खेलमा कुवेत सङ्ग ७-०को बिशाल अन्तरले पराजित नेपाल आफ्नो दोस्रो खेलमा जित निकाल्न सफल भएको छ।टिमका लागि दुबै गोल अन्जन बिष्ट ले गरेका थिए।पहिलो हाफ को तेस्रो मिनेटमा सुजल श्रेष्ठले प्रहार गरेको फ्री किक मा अन्जन ले उत्कृष्ट हेड प्रहार गरि पहिलो अग्रता दिलायका थिए । प्रशिक्षक योहान कालिन को प्रशिक्षण मा नेपाल ले आफ्नो पहिलो जित दर्ता गर्ने क्रममा दोस्रो गोल भने ६३ औं मिनेटमा फेरि पनि अन्जन बिष्ट ले नै सुजल श्रेष्ठ को पासमा गरेका थिए।बिश्व कप छनौट को दोस्रो चरण अन्तर्गतको यो  खेल पछि नेपाल अङ् तालिका मा तेस्रो स्थान मा रहन सफल भएको छ।अबको खेल नेपाल ले अक्टोबर १० मा अष्ट्रेलिया सङ्ग उस्को घरेलु मैदानमा खेल्ने छ।