एक्य हेभेन अफ आर्टको प्रस्तुतिमा कुञ्ज नाटकघरमा नाटक “टीका”

0
186

अमृत बस्नेत, काठमाडौँको कुञ्ज नाटकघरमा चर्चित साहित्यकार भीमनिधि तिवारीले लेखेको नाटक ‘टीका’ प्रदर्शनमा छ । नेपाली साहित्यमा उल्लेखनीय योगदान दिएका स्वर्गीय भिमनिधी तिवारी ले लेखेको नाटक ‘टीका’ एक्य हेभेन अफ आर्टको प्रस्तुतिमा कुञ्ज नाटकघरमा प्रदर्शन गरिएको हो ।कामका लागि मुग्लान जानु पर्ने नेपाली युवाहरुको बाध्यता र आफ्नो परिवारसँग बसेर चाडवाड मनाउन नपाउँदाको पीडा समेटिएर बनाईएको टिका नाटक मा श्रवण राना मगर, विनिता गुरुङ, राजकमल फकिर, न्हुँज महर्जन, दिपेश काफ्ले, शारदा अधिकारी, सविन भट्टराई, मणिराज पौडेेललगायत कलाकारको अभिनय रहेको छ। संगीत सापकोटाले निर्देशन गरेको नाटक ‘टीका’यही भदौ ३१ गतेसम्म प्रदर्शन हुने छ। निर्देशक संगीत आफैले यो नाटकमा संगीत पनि दिएका छन् उनलाई मोनिश निरौलाले संगीत निर्माणमा साथ् दिएका छन्।
परिवारमा भएको छोरो मुग्लान जादा भोग्नु पर्ने समस्या साथै चाडबाडको बेला परिवार संगै बसेर मनाउन नपाउदाको पिडा नाटक ले समेट्छ। नेपाली युवाहरु लाइ आफ़्मै देशमा परिश्रम गर्नु पर्छ भन्ने संदेश नाटक “टिका” ले दिएको छ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice