नेपाली काँग्रेसका सम्पूर्ण जिल्ला (काठमाडौं सम्पर्क समिति)हरुले शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेका छन् ।
नयाँ बानेस्वर स्थित छक्कु बक्कु पार्क ( छक्कु बाक्कु मन्दिर अगाडी ) मा बृहत रक्तदान कार्यक्रम हुने भएको हो । रक्तदान कार्यक्रम नेपाली काँग्रेसका महामन्त्री पुर्णबहादुर खड्काले उद्घाटन गर्ने क्रार्यक्रम रहेको छ । सम्पूर्ण सम्पर्क समितिहरुको तर्फबाट नेपाली कांग्रेस ताप्लेजुङ्ग( काठमाडौं सम्पर्क समितिलाई संयोजनको जिम्मा दिएको छ । कार्यक्रमको जिम्मापाएको नेपाली काँग्रेस ताप्लेजुङ (काठमाडौं सम्पर्क समितिका सभापति भक्तिराज भट्टराईले सम्पूर्ण तयारी पुरा भएको जानकारी दिनुभयो । उहाले लोकतन्त्रप्रेमी सम्पूर्णलाई खुल्ला रक्तदानमा सहभागी भई रक्तदान गरि जीवनदान गर्नु हुनु समेत अपिल गर्नु भयो । कार्यक्रममा नेपाली कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्मा, काठमाडौं क्षेत्र नं १ का प्रदेश सांसद दीपेन्द्रश्रेष्ठलगायतले रक्तदान गर्ने कार्यक्रम रहेको ताप्लेजुङ सभापति भट्टाराईले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियान अन्तर्गत पहिलो चरणको कार्यक्रम समापन रक्तदान गरेर गरेको थियो