फिलिपिन्सको सिबुमा आयोजना भैरहेको सातौ एसिया प्यासेफिक गोजु-काई कराते प्रतियोगिता तथा टेक्निकल सेमिनारमा सहभागी हुन नेपाल गोजुकाइ कराते डो संघ त्यसतर्फ प्रस्थान गरेको छ ।

सेप्टेम्बर २१ देखी अक्टोबर ०१ सम्म आयोजना हुने उक्त प्रतियोगिताको टिम म्यानेजर अशु राज श्रेष्ठ रहेका छन् भने टिमकोच अच्युत राज उप्रेती छन् । नेपाल बाट उक्त प्रतियोगितामा इन्द्र बहादुर शाही खड्गे, राकेश राजबंशी र सिर्जना दाहाल रेफ्रीको भूमिकामा रहने छन् । खेलाडीहरु संजय तामाङ र अनुरती कार्की कार्कीले उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने छन ।

प्रतियोगिता २०१९ सेप्टेम्बर २१ देखी सुरु भएर अक्टोबर ०१ मा समापन हुने कार्यक्रम रहेको छ ।