ईलाका प्रहरी कार्यालय गजुरी र जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षकद्धय सहित २७ प्रहरी चढेको ईलाका प्रहरी कार्यालय गजुरीको बा १ ग २१८४ नम्बरको वानटन गाडी ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।
यही आश्वीन ०९ गते जिल्लाको बिकट बस्ती ईलाका बेनिघाट रोराङ गाउंपालिका वार्ड नं १ स्थित बुरुङची लगायता ईलाकामा ठूलो मात्रमा अबैध रुपमा लगाइएको गांजा फंडानी गर्न २ निरीक्षक सहित २७ जना प्रहरी चढेको बा १ ग २१८४ नम्बरको वानटन गाडी हिडेको आधा घण्टा पनि नहुंदै सो घटना सो घटना भएको थियो ।


बेनिघाट रोराङ गाउंपालिका वार्ड नं २ स्थित मलेखु ताल्ती कच्ची सडक अन्तर्गत मलेखु देखि १० किमि पश्चिम पालेको बन स्थित अत्यन्त उबटघावट र चिप्लो ढुङग्यान रहेको बाटोको उकालोको टुप्पोमा पुग्न लागेको अबस्थामा गाडीले तान्न नसकेको र चालकले तत्काल ब्रेक लगाउंदा ब्रेकले काम नगरेको कारण गाडी पछाडी ओरालोमा अनियन्त्रत भई पछाडी हटेको थियो । चालकको नियन्त्रणमा नरही अनियन्त्रित रुपमा झरेको उक्त गाडी बाटोको डिल मुनी रहेको २ ओटा रुखमा गाडीको दाहिने पट्टीका अगाडी र पछाडीका दुबै चक्काहरु झुण्डिएको अबस्थामा गाडी अडिएको कारण २७ प्रहरी हताहती हुनबाट जोगिएका थिए ।
उक्त अत्यास लाग्ने घटनाका बाबजुद सो प्रहरी टोली बिचलित नभई सोन स्थान देखि ९ घण्टा पैदल रातभरी हिडि बिहान ६ बजे बेनिघाट रोराङ गाउंपालिका वार्ड नं १ स्थित बुरुङची पुगेको थियो । प्रहरी टोलीले बुरुङचीको अलावा चत्र्याक, जरुङ र सिमटार ईलाकाको ६०० रोपनी क्षेत्रफलमा अबैध रुपमा लगाइएको लागु औषध गांजा फडानी गरि सो स्थानमा रहेका स्थानीय मानिसहरुलाई प्रशिक्षण समेत दिई हिजो १० गते बेलुका मात्र पुन ९ घण्टा पैदल हिडि कार्यालयमा फिर्ता भएको थियो ।