किङ्स लाउन्ज पोखराले दशैं, तिहार तथा छठ लगायतक चाडपर्वको अवसर पारेर ह्याप्पी फेस्टिबल अफर सुरु गरेको छ ।
पोखराको लेकसाइडमा रहेको लाउन्जले असोज १२ गते आइतबार देखि विहान ११ बजेदेखि साँझ साढे ५ बजेसम्म ह्याप्पी आवरमा २० प्रतिशत छुट उपलब्ध गराउने घोषणा गरेको छ । पोखरामा संचालनमा रहेका अन्य रेस्टुरेन्टको  तुलनामा सबैभन्दा सस्तो मेनुमा स्वादिष्ट खाना उपलब्ध गराउँदै किंग्स लाउञ्जले फेस्टिबल अफरमा थप डिस्काउन्ट दिन लागेको हो ।
साथै दशैं, तिहार तथा छठ लगायतका चाडपर्वलाई लक्षित गरि साँझ साढे ५ बजेपछि फुड  एण्ड ड्रिंक्समा  १५ प्रतिशत छुट अफर रहेको किंग्स लाउञ्ज पोखराका एक संचालक बसन्त गौचनले जानकारी दिए ।


यस्तै दशैं सेलिब्रेशन अन्तर्गत यहि असोज १२ गते आइतबार किङ्स लाउन्ज पोखरामा  गायक छेवाङ लामा र पासपी ब्यान्डको लाइभ प्रस्तुती समेत रहेको अर्का संचालक कुमार  गुरुङले बताए । फेस्टिबल अफर संचालनमा ल्याएको अवसर पारेर किङ्स लाउन्जले गत महिना किर्गिस्तानमा भएको नदेझ्दा कप फुटबल प्रतियोगितामा उप विजेता बनेको राष्ट्रिय महिला फुटबल टिमलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको  जानकारी दिए ।


६ महिना अगाडि पोखरामा शाखा खोलेको लाउन्चले संगीत, खेलका साथै स्वेदेशी तथा विदेशी खानाका पारखीहरुलाई पुर्ण पारिवारिक वातावरणमा उत्कृष्ट सेवा र सन्तुष्टि प्रदान गर्दै आएको छ । लाउञ्जमा चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको हरेक दिन फरक फरक स्वाद लिन पाइनेछ । हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन सञ्चालन हुने लाइभ संगीतले सेवाग्राहीको ध्यान तान्ने गरेको छ । पोखराका प्रतिष्ठत उद्योगी, व्यवसायी, विदेशी तथा स्वदेशी पर्यटक, डक्टर, इन्जिनियर, पाइलट देखि विभिन्न क्षेत्रका सेलिब्रेटीहरुको पहिलो रोजाईमा किङ्स लाउन्ज पर्ने गरेको छ ।
काठमाडौंको दरबारमार्ग र पोखराको लेकसाइडमा पाएको सफलतालाई केन्द्रमा राखेर मुलूकका अन्य शहरहरुमा पनि किङ्स लाउन्जको शाखा बिस्तार गर्ने तयारी गरिएको अध्यक्ष रामचन्द्र श्रेष्ठले जानकारी दिए।