फिलिपिन्सको सिबुमा आयोजित ७औं कराते-डोे गोजुकाइ कराँते एसिफिक प्रतियोगितामा पहिलो दिनको प्रतिस्पर्धामा नेपालका खेलाडी सञ्जय तामाङले रतज पदक हासिल गरेका छन् । विभिन्न देशका प्रतिस्पर्धि खेलाडीहरू पराजित गर्दै अगाडि बढेका उनी हङकङका खेलाडीसंग पराजित भएका थिए । तामाङले हासिल गरेको रजत पदकमा खुशी ब्यक्त गर्दै नेपाल गोजुकाइ कराते संघका उपाध्यक्ष तथा यस प्रतिस्पर्धामा नेपालका प्रशिक्षक अच्युत राज उप्रेतीले देशको लागि पदक प्राप्त भएकोमा आगामी खेलमा स्वर्ण पदक प्राप्त हुने आशा व्यक्त गर्नु भयो ।
नेपालको तर्फबाट मनिष तामाङ र अनुरति कार्कीले यश स्पर्धामा भाग लिइरहेका छन ।