वडा दशैँको दोस्रो दिन दशैँ घर अथवा पूजा कोठाको दुर्गा स्थापना गरिएको स्थलमा नव दुर्गामध्येकी दोस्रो देवी ब्रह्मचारिणीको पूजा आराधना गरी मनाइन्छ। नव दुर्गामध्ये पहिलो दिन शैलपुत्रीको पूजा आराधना गरिन्छ भने दोस्रो दिन माता ब्रह्मचारिणी देवीको पूजा गरिन्छ । कुनै पनि प्रकारको बन्धनबाट मुक्ति पाउनका लागि सख्खर चढाई ब्रहृमचारिणी माताको पूजा आराधना तथा दान गरेमा हरेक प्रकारको अनिष्ट नाश हुने बताइएको छ । पहिलो दिन जस्तै दोश्रो दिन मा पनि देवी का मठ मन्दिर हरु मा भक्त जान हरु को बिहान देखि नै बाक्लो भिड लाग्ने गर्छ। राजधानीभित्र गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रयणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा दर्शनार्थीहरू को भिड लाग्ने गर्छ।

(भिडियो रिपोर्ट )