सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । उनले उपसभामुखसमक्ष छानविन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएका हुन् ।

संसद सचिवालयकै एक कर्मचारीले सभामुख महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् ।

नेकपा सचिवालय बैठकले पनि महरालाई सभामुख र स‌ांसद पदबाट पनि राजीनामा दिन सुझाव दिएको छ ।