नेपाल बुसिदाे काेन्सेकाई (एम.एम.ऐ ) नेपालले काेलकातामा अक्टुबर १८ देखि २० सम्म हुने एमेच्याेचर के १ प्रतियाेगितामा सहभागी हुन जाने खेलाडीहरुकाे विदाइ गरेकाे छ ।राजधानीमा आज आयाेजित एक समाराेहमा खेलाडीहरुलाइ ३ न प्रदेश सभा सदस्य तथा राष्ट्रिय पाराओल्मपीक अध्यक्ष राधा घले, दिपेन्द्र श्रेष्ठ , शसस्त्र प्रहरी बलमा वरिष्ठ उपरीक्षक केवि बराम, फुलकन्ट्याक कराते महासघका उपाध्यक्ष रामजी बज्राचार्य ,सघका अध्यक्ष एवम ब्रानचिफ तथा प्रशिक्षक उमेश गुरुङ ,जिखेविस उपाध्यक्ष बद्री भट्टराई लगायत अतिथिहरुले विदाइ गरेका छन । प्रतियाेगितामा मन्दिप राना मगर, विशाल तामाङ , सविन लामा,वरुण घले,सन्तोष साउथ, विश्वाश राइ ,राउल ठकुरी रहेका छन । उनिहरुले प्राे तथा एमेच्याेर गरि दुइ विधामा सहभागीता जनाउनेछन । खेलाडीहरु सङ्गै प्रशिक्षकमा राेजेश खड्का तथा टिम व्यवस्थापकमा अस्मिता रायमाझी रहेका छन ।