गायक नबिन के भट्टराई को “एक्लो यात्रा” बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ। शिखर सन्तोषको संगीत रहेको यो गीतको शब्द पार्बती सुबेदी को रहेको छ।
गीतको भिडियोमा कलाकार सद्दाम हुसेन साथै वर्षा सुनुवारको अभिनय रहेको छ। आर्यन बिक्रम नेपाल को निर्देशनमा बनेको उक्त म्युजिक भिडियोलाइ आदिल अन्सारी ले खिचेका हुन् भने सम्पादन आदिल संगै शेष घिमिरे ले गरेका छन्।
भिडियो अहिले सार्बजनिक भए पनि गीत करिब २/३ वर्ष पुरानो भएको नबिनले जानकारी दिए। गीत राम्रो भएकोले ढिलै भएपनि भिडियो सार्बजनिक गरिएको र दर्शक तथा श्रोताले मन पराई दिनु हुन्छ भन्ने आशा रहेको नबिन बताउछन।