गायक शशी बिक्रम थापा को आवाजमा रहेको साथै संगीतकार सालिकराम घिमिरेको संगीतमा सजिएको “नित्य सुपावक” बोलको भक्ति संगीत सार्बजनिक भएको छ। भक्ति संगीतको रचना जनार्दन न्यौपाने को रहेको छ भने संगीत संयोजन बिनोद भुजेलले गरेका छन्। उक्त भजन संग्रह ” भजन त्रिवेणी” मा समाबेश गरिएको छ। भजनको भिडियो संगीतकार सालिकराम घिमिरेको यु टुब बाट सार्बजनिक गरिएको हो।