गायक बाशुदेव के सी को “टुक्रिनु थियो” बोल को गीत सार्बजनिक भएको छ। संग्रह राइजिङ्ग सन मा समाबेश उक्त गीतमा शब्द संगीत बाशुदेव स्वयं कै रहेको छ। गीत को संगीत संयोजन मोहित मुनाल ले गरेका छन्।
मनोज सापकोटा ले निर्देशन गरेको यो गीत को म्युजिक भिडियोमा दिक्षा खनालको साथै गायक स्वयं को पनि अभिनय हेर्न सकिन्छ। भिडियोमा बलराम बुढाथोकिको छायांकन साथै सम्पादन रहेको छ।