ईलाका प्रहरी कार्यालय गजुरी बाट केहि दिन देखि अभियानको रुपमा रहेको घरेलु अबैध मदिरा नियन्त्रण अभियान अन्तर्गत ठूलो परिमाणमा बरामद गरिएको अबैध घरेलु मदिरा स्थानीय निर्वाचित जनप्रतिनिधी तथा भद्रभलाद्मीहरु समेतको रोहवरमा आज नष्ट गरिएको छ ।
ईलाका प्रहरी कार्यालय गजुरी धादिङले चाड पर्व लक्षित बिशेष सुरक्षा योजना अन्तर्गत ईलाकाको खास गरि राजमार्गमा तथा अन्य स्थानहरु सिद्धलेक, परेवाडाडा, चालिसे, मलेखु, घाटबेशी लगायतका स्थानहरुको होटलबाट यहि आश्वीन २५ गतेदेखी चलाएको सर्च अभियानबाट अं ३५० लिटर अबैध मदिरा बरामद गरेको थियो ।
समाजमा बिशेष गरि चाड पर्वको समयमा घरेलु मदिरा सेवन गरि झैझगडा लगायतका गतिबिधीहरु बढ्दै गएको सन्दर्भमा प्रहरीले यसलाई नियन्त्रण गर्ने अभियानलाई तिब्रता दिएको छ । आगामी दिनमा यस कार्यलाई स्थानीय निकायहरु संग समेत समन्वय गरि ईलाकाको ग्रामीण क्षेत्र तथा गाउं स्तरमा समेत यो अभियानलाई तिब्रता दिई सर्च अभियान संचालन गरि अबैध घरेलु मदिरा उत्पादन तथा बिक्रि बितरण गर्ने कार्यलाई नियन्त्रणात्मक कडाई गरिने ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खड्काले बताउनु भयो ।
प्रहरीले संचालन गरेको यस कार्यले समाजमा शान्ती सुरक्षा तथा अमनचयन कायम राख्ने कार्यमा गतिलो टेवा पुगेको स्थानीय बासिन्दाले बताएका छन् ।