नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले आफू भारीयत नागरिक भएको तथा आफ्नो नाम भारतीय मतदाताको नामावली भएको प्रमाणित गरेर देखाउन चुनौती दिनुभएको छ ।

बुधबार कांग्रेस पार्टी कार्यालय सानेपामा पत्रकार सम्म्ेलन गरी यस्तो चुनौती दिनुभएको हो । उहाँले आफ्नो नाममा कसैले भारतमा एक इन्च जग्गा भएको प्रमाणित गरे सरकारले जस्तोसुकै कठघरमा उभ्याएपनि तयार रहेको बताउनुभयो । भारतीय नागरिक भएको भन्दै विवादमा आएका नेपाली कांग्रेसका सांसद कँडेलले आरोप प्रमाणित भएजस्तो सुकै सजाय भोग्न पनि तयार रहेको समेत बताउनुभयो । भारतको निर्वाचनमा भाग लिएको कुनैपनि प्रमाण भेटिए आफुलाई जस्तोसुकै सजाय दिन पनि उहाँले चुनौती दिनुभयो । उहाँले आफुलाई फसाउने षड्यन्त्र भइरहेको दावी भन्दै आफू सानैदेखि भारतमा बसेर पढेको र त्यहाँ साथीको घरमा बस्ने गरेको सम्म्ेलनमा बताउनुभयो । आफू भारतमा बस्ने गरेपनि भारतमा कुनैपनि निर्वाचनमा भाग नलिएको दाबी गर्नुभयो । उहाँले आफू शान्तिका लागि लडेको तर आफूलाई भारतीय भन्दै आरोपित गरिएको भन्दै दुख लागेको बताउनुभयो ।

नवलपरासीको रमपुरवा गाविस–६ हाल पालिनन्दन गाउँपालिका–१ मा २०१३ साल चैत ४ गते जन्मिन्भएका कँडेल २०३८ सालमा पहिलोपटक प्रधानपञ्च निर्वाचित हुनभएकोथियो । त्यस्तै २०५१ र २०५६ सालमा भएको निर्वाचनमा नवलपरासी क्षेत्र नम्बर ४ बाट निर्वा्चित कँडेल संसदीय दलको सचेतकसमेत हुनभएका उहाँ २०७४ मा भएको प्रतिनिधिसभा चुनावमा नवलपरासी–२ बाट निर्वाचित हुनुभएको थियो । सांसद कँडेलमाथि भारतीय नागरिक भएको र त्यहाँको नागरिकका रुपमा उनले निर्वाचनमा मतदान समेत गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले यसबारे अनुसन्धान गरिरहेको छ।