पर्यटकीय क्षेत्र रानीकोटमा अत्याधुनिक सुविधासम्पन्न भिलेज हाइल्यान्ड रिसोर्ट सञ्चालनमा आएको छ । होटल व्यवसायी रामसुन्दर बकेले संचालनमा ल्याएका उक्त रिर्सोट पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । भव्य र सुविधासम्पन्न रिसोर्ट संचालनमा आएपछि रानीकोटको माहोल नै बदलिएको छ । नेपाल सरकारले २०२० लाई पर्यटन वर्ष घोषणाको कुरा अघि ल्याएसंगै विश्वका पर्यटक रानीकोटमा रमाउन आउने विश्वास लिएको संचालक बकेले बताए ।

उनका अनुसार रिसोर्टका २३ वटा कोठा सुविधासम्पन्न छन् । जिम हल, मिटिङ हल, हेन्सम र ब्युटिपार्लर अनि बारको व्यवस्था सहितको उक्त रिसोटमा जिम हल र स्वीमिगंपुल तयारी हुदैछ । तातो पानीसहितको स्विमिङ पुल निर्माणाधीन अवस्थामा रहेपनि निकट भविष्यमै संचालन हुदैछ । समुन्द्री सतहबाट २ हजार मिटरको उचाइमा रहेको रानीकोटमा तातो पानीको समेत व्यवस्था छ । रिसोर्टको तलतिर सेल्फी स्पोट बनाइएको छ । यो सबैका लागि आकर्षण केन्द्र बनेको उनी बताउँछन् ।

राजधानीबाट २० किलोमिटर मात्र दूरीमा रहेको रानीकोट । सूर्यविनायकबाट करिब १५ मिनेटमा रानीकोट पुगिन्छ । प्राकृतिक र धार्मिक महत्व बोकेको यो ठाँउ महत्वपूर्ण गन्तव्यको रुपमा चिनिन्छ । शान्त र रमणीय जंगलको बाटो भएर रानीकोट पुग्ने जो कोहिकालागि सेल्फी टावर मनोरन्जनको पार्क बन्ने गरेको छ ।

रानीकोटबाट काठमाडौं उपत्यको सुन्दर दृश्य मात्र होईन प्रेमको प्रतीक मानिने रानीगढीलाई पनि अबलोकन गर्न सकिन्छ ।

रानीकोटबाट फुल्चोकी डाँडासम्म ट्रेकिङ रुट छ । यो क्षेत्रमा चराचुरुंगी धेरै पाइन्छन् । सांस्कृतिक सम्पदाको धनी र नाचगानको सहर भक्तपुर अवलोकन गर्न आँउने पर्यटकका लागि रानीकोट पुग्दा छुट्टै मज्जा लिन पाउने छन् ।