र्‍यापर भिटेनको आबाज मा मंसिर १३ गते रिलिज हुने चलचित्र ‘सरौतो’ का लागि गाएको प्रमोसनल गीत सार्वजनिक गरिएको छ ।गीतमा भिटेनकै शब्द तथा संगीत  छ । केहि समय अघि  हिरासतमा रहेका भिटेनले हिरासतमुक्त भएपछि गीतको भिडियो खिचिएको हो।गीतको भिडियोमा भिटेनसहित फिल्मका मुख्य कलाकार सुमी मोक्तान र विजय लामा पनि फिचर्ड छन्। हरि हुमागाईंको निर्देशनमा बनेको चलचित्र ‘सरौतो’ मा सुमी मोक्तान र विजय लामा संगै लियो ट्यांक, सन्नी सिंह, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, धीरेन शाक्य, युवराज लामा, मनीषा पुन मगर, प्रतीक दुलाल, राजेश रोय, मनोज तामाङ लगायतको पनि अभिनय रहेको छ ।