सुगर रोगबारे यस्ता छन् भ्रमहरु ! यस्तो गर्नुभयो भने सुगर नियन्त्रण भैहाल्छ, यस्तो छ डाक्टर को सुझाव

तपाई मधुमेहको समस्या भएकै कारण आफुलाई खान मन लागेका खाना नखाएर बस्ने गर्नुहुन्छ ? मधुमेह रोगका बारेमा आम मानिसमा केही भ्रमहरु रहो छन् जसको यथार्थ भने फरक रहने गरेको छ ।

जसबारे हामी जानकारी दिन गइरहेका छौं । जसले तपाईको चाहना र मधुमेहको जोखिमलाई पनि नियन्त्रणमा राख्छ । भ्रमः सुगर फ्रि बिस्कुट, ओट्स, कर्नफ्लेक्स, आदि मधुमेह रोगीका लागि राम्रो हुन्छ ।

यर्थातः यी वस्तु पनि अन्नबाटै बनेको हुनाले कार्बोहाईड्रेटको मात्रा बढी हुन्छ । त्यसैले यस्ता वस्तुहरु पनि कम या अनुपात मिलाएर सलाद र तरकारीहरु राखेर खान सकिन्छ ।

भ्रमः सधै खाने चामलबाहेक अन्य अन्न जस्तै रोटी, उसिना चामल जति खाए पनि हुन्छ । यर्थातः सबै अन्नमा लगभग उस्तै मात्रामा कार्बोहाईड्रेट पाईने भएकाले जुन अन्न खाए पनि उही अनुपातमा खानुहोस् अर्थात् अन्नभन्दा तरकारी बढी खानुपर्छ ।

भ्रमः चामललाई धेरैपटक पखालेर माड फालेर कार्बोहाईड्रेट नष्ट हुन्छ । यर्थातः चामललाई धेरैपटक पखालेर माड फाले पछि कार्बोहाईड्रेट नष्ट हुनुको साटो पानीमा घुलनशिल भिटामिन नष्ट हुन्छ ।

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित