बौद्द,महांकाल स्थित जनकल्याण माध्यमिक विद्यालयको नवगठित विद्यालय व्यवस्थापन समितिले स्थानिय स्वयंसेवि तथा राजनितिज्ञ मिन कुमार ज्योति लाई आमन्त्रित सदस्यको रुपमा मनोनित गरेको छ । २०७६ कात्तिक २० गतेको विधालय व्यबस्थापन समिति को भेलाबाट उक्त निर्णय गरिएको हो । ज्योतिले विद्यालय व्यवस्थापन समितिमा आमन्त्रित सदस्यमा आफूलाई योग्य ठानेर विश्वास गरिदिएकोमा विद्यालय व्यवस्थापन समिति प्रति आभार प्रकट गर्नुभएको छ । विद्यालयको भौतिक कार्य लगभग पुरा भएको र अबको निति शिक्षाको स्तर बढाउन विद्यालय व्यवस्थापन समिति प्रतिबद्ध रहेको पनि जनाउनु भयो ।
मिन कुमार ज्योतिलाई विद्यालय व्यवस्थापन समितिको सदस्य पदमा पाउदा सकारात्मक उर्जा थपिएको भन्दैे विद्यालय व्यवस्थापन समितिको शिक्षक प्रतिनिधि तथा विद्यालय प्रशासन प्रमुख सुरेश कुमार कटुवालले खुशि व्यक्त गर्नुभयो । कटुवालले विद्यालयले शिक्षाको गुणस्तरमा अझ धेरै फड्को मार्ने विश्वास पनि राख्नुभएको छ ।