विश्वभरकाे लक्जरि लाईफ स्टाईलकाे मुल्यांकन गरि प्रदान गरिने लक्जरि लाईफ स्टाईल अवार्डकाे ११औँ संस्करणमा नेपालकाे बेलुन नेपाललाई सम्मानित गरेकाे छ ।नेपाल भ्रमणवर्ष २०२० लाई लक्षित गरि गत वर्षदेखि व्यवसायिक उडान सुरु गरेकाे बेलुन नेपालले याे वर्षकाे पर्यटकीय सिजन सेप्टेम्बर महिनादेखि सुरु भएको बेलुन नेपालका संचालक सबिन महर्जनले जानकारी गराए। गतवर्ष पर्यटकीय क्षेत्रमा नयाँ साहसिक खेलका रुपमा हट एयर बेलुन संचालनमा ल्याएकाे बेलुन नेपालले आगामि दिनहरुमा अझ ससक्त रुपमा नयाँ कार्यक्रम संचालन गरि नेपाललाई साहसिक खेलकाे गन्तव्य बनाउनेमा विस्वस्त हुँदै याे सिजनकाे बुकिङ पनि खुला रहेकाे जानकारि गराए ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन वर्ष २०२० भव्य रुपमा मनाउने उद्घघाेष गरेसँगै बेलुन नेपालका संचालक दीपक श्रेष्ठले आफुहरुपनि पर्यटन वर्षको लागि अन्तर्राष्ट्रिय रुपमा बेलुन महाेत्सव गराउने जानकारि गरे। बेलायतका एकसफल व्यवसायि एवंम् एनआरएन युके इण्ङल्याण्ड राज्य परिषदका अध्यक्ष श्रेष्ठले महाेत्साेवका लागि यु के मा रहेका ब्यवसायिक पाईलटहरू संग पनि बृहत छलफल भैरहेकाे जानकारि संगै पर्यटन वर्षमा मात्र नभई साहसिक रुपमा उडाइने यस खेल सकेसम्म हरेक वर्ष मनाउन सकिने तर, यसका लागि नेपाल सरकारले आवश्यक सहकार्य गरेमा आफुहरु उत्साहि भएर हरेक वर्ष एक नयाँ पर्यटकीय गन्तव्यमा आयाेजना गर्न सकिने संचालक श्रेष्ठले जानकारी दिए।