नेपाली काँग्रेस कागेस्वरी मनाहरा नगर संघर्ष समिति ले कार्तिक २६ गते बिरोध कार्यक्रम गर्ने भएको छ। आफ्नो नगरपालिकामा भएका अनियमितता,बेथिति राजनीतिक पूर्वाग्रह प्रेरित निर्णय,विकास निर्माणमा भएका ढिलासुस्ती लगायत् नगर प्रमुखको मनोमानी विरुद्ध नेपाली काँग्रेस कागेस्वरी मनाहरा नगर संघर्ष समितिले नगरपालिकाकै कार्यालय परिसरमा बिरोध कार्यक्रम गर्न लागेको हो।