पर्यटन वर्ष २०२० को पूर्वसध्यामा धार्मिक तथा पर्यटकीय क्षेत्र चन्द्रागिरीको अनुवान्सिक अवस्था डाउन सिण्ड्रोम भएका शारीरिक रुपमा अशक्त ३५ जना बालबालिकाहरु भ्रमण गरेका छन् ।
नेपाल डाउन सिन्ड्रोम संघको आयोजना तथा चिन्द्रागिरी हिल्स प्रा।लि।को सहकार्यमा ती बालबालिकालाई चन्द्रागिरी केवलकारमार्फत् भालेश्वर मन्दिरको दर्शन तथा दृश्यावलोकन गरेका हुन् । सो अवसरमा बालबालिकासहित उनीहरुका अभिभावकहरु, डाउन सिण्ड्रोम संघका अध्यक्ष डा. ललिता जोशी, महासचिव रोशन प्रधानाङ्ग लगायतको सहभागिता रहेको थियो ।
अनुवान्सिक अवस्था डाउन सिण्ड्रोम भएका शारीरिक रुपमा अशक्त बालबालिकाहरुलाई चन्द्रागिरी हिल्सको दृश्यावलोकन गराई मनोरञ्जन प्रदान गर्दै उनीहरुलाई थप हौसला र आत्मबल प्रदान गर्ने उद्देश्यका साथ भ्रमण कार्यक्रम आयोजना गरिएको डाउन सिण्ड्रोम संघका अध्यक्ष डा. ललिता जोशीले बताइन् ।