क्रिकेट लिजेण्डका रुपमा परिचित क्रिकेटर  सचिन तेन्दुलकर नेपाल आइपुगेका छन् ।भारतीय  क्रिकेटको भगवानको रुपमा परिचित सचिन शुक्रबार राति नेपाल आईपुगेका हुन् । युनिसेफको सद्भावना दूत रहेका सचिन बाल अधिकार सम्बन्धि एक कार्यक्रममा सहभागी हुन नेपाल आएका हुन् । बाल अधिकार सम्बन्धि महासन्धी पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफले सचिनलाई नेपाल बोलाएको हो । सचिनले शनिबार बिहान टियु मैदानमा बालबालिकासँग क्रिकेट खेल्ने कार्यक्रम रहेको छ ।