अमृत बस्नेत, भारतको नया दिल्ली मा आयोजित अन्तर्राष्ट्रिय हाजिरी जवाफ प्रतियोगिता Wild Wisdom Quiz 2019 मा नेपालको प्रतिनिधित्व गर्दै घटराज मेमोरियल बिद्यालयले तेस्रो स्थान हात पार्न सफल भएको छ। नेपालका विभिन्न जिल्लाभरी को २५५ बिद्यालयले सहभागीता जनाएको रास्ट्रिय प्रतियोगिताकै बिजेताको रूपमा बुढानिलकण्ठ १२ अबस्थित घटराज मेमोरियल बिद्यालयले नेपालको प्रतिनिधित्व गर्ने अबसर प्राप्त गरेको थियो।

प्रतियोगितामा कोलम्बियाले प्रथम स्थान जित्न सफल भएको थियो भने यु के दोस्रो स्थानमा रहन सफल भयको थियो। बिश्व भरिबाट छानिएका उत्कृष्ट १० बिध्यालयले उक्त प्रतियोगितामा आ आफ्नो राष्ट्र को प्रतिनिधित्व गरेका थिए जसमा नेपालले तेस्रो हुदै नेपाललाई सफलता दिलाएको थियो।