‘भारतले ओलीसँग सल्लाह गरेरै नक्सा छापेको हो,’ – शेरबहादुर देउवा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानीको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका छन्।

प्रधानमन्त्री ओलीले यही विषयमा समान धारणा बनाउन बोलाएको सर्वपक्षीय बैठकमा सरकारले राख्ने विचारमा आफ्नो साथ रहने बचन देउवाले दिएका थिए। तर, शनिबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले ओलीसँग भारतले सल्लाह गरेरै नयाँ राजनीतिक नक्सा बाहिर ल्याएको आरोप लगाए।

‘भारतले ओलीसँग सल्लाह गरेरै नक्सा छापेको हो,’ सभामा देउवाले भने, ‘त्यसै छापेको हो र? ओलीको सहमतिविना भारतले नक्सा छाप्नै सक्दैन।’ देउवाले प्रधानमन्त्री ओली राष्ट्रवादी नभएको पनि जिकिर गरे।

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित