नेपाली महिला भलिबल राष्ट्रिय टोलीका सदस्यलाई सरकारले जनही तीन लाख रुपैयाँ पुरस्कार प्रदान गरेको छ ।

बंगलादेशको राजधानी ढाकामा सम्पन्न प्रथम एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको भन्दै खेलाडीहरुलाई नगदससहित सम्मान गरिएको हो । नेपालले महिला भलिबलमा पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जितेको थियो।