क्यान्सरका बिरामीहरुको मृत्युको कारण क्यान्सर नै भन्दा पनि मुटु तथा रक्त बाहिनी नली सम्बन्धी समस्याहरु रहने गरेको विस्तृत अध्ययनले देखाएको छ ।

१० मध्ये एकजना क्यान्सर रोगीको मृत्यु मुटु तथा रक्त बाहिनी नली सम्बन्धी समस्याबाट हुने गरेको युरोपियन हार्ट जर्नलमा प्रकाशित भएको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

४० वर्षभन्दा बढी समय लगाएर अमेरिकाका ३० लाख क्यान्सर रोगीबारे अध्ययन गरिएको हो । यिनीहरुमा २८ प्रकारका क्यान्सर बिरामी थिए।

क्यान्सर रोग निको हुने क्रम बढ्दै गएको परिवेशमा अब बढी ध्यान कार्डिओभास्कुलर समस्याहरुमा दिनु पर्ने अनुसन्धानकर्ताले बताएका छन्।

विज्ञहरुले डाक्टरहरुले बिरामीलाई बढी ध्यान दिनु पर्ने बताएका छन् । ३२ लाख ३० हजार भन्दा बढी क्यान्सर रोगीमा गरिएको अनुसन्धानमा ३८ प्रतिशतको मृत्यु क्यान्सर तथा ११ प्रतिशतको मृत्यु कार्डिओभास्कुलर डिजिजका कारण भएको हो । यस्तै तीन चौथाइको मृत्युको कारण मुटु सम्बन्धी रोगका कारण भएको देखिएको छ ।