आइतबार बिहान नयाँ बानेश्वरमा डाक्टरलाई ठक्कर दिएर फरार भएको बस र चालकलाई प्रहरीले पक्राउ गरेको छ। बस र चालकलाई प्रहरीले रामेछापबाट पक्राउ गरेको हो।

महानगरिय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीका अनुसार उक्त बस र चालकका विषयमा अनुसन्धान भइरहेको छ। उनले दुर्घटना भएको क्षेत्रको सिसिटिभी फुटेजका आधारमा उक्त बस र चालकलाई प्रक्राउ गरिएको हो।

बिहान मर्निङ वाकमा निस्केका ७२ वर्षिय डा प्रभु जोशीलाई संसद भवनको दक्षिण गेट अगाडि गाडीले ठक्कर दिएर भागेको थियो। ठक्करपछि डा जोशीको त्यही मृत्यु भएको थियो।