नेपाल निर्माण व्यवसायी महासंघले मंगलबार पनि बालुवाटारमा धर्ना दिएका छन्। सोमबादेखि धर्ना दिन सुरु गरेका व्यवसायीले मंगलबार दोस्रो दिन प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिएको हुन्।

बिहानबाटै सुरु भएको धर्ना झडै एक घन्टा चलेको थियो।

धर्नामा सहभागी व्यवसायीहरुले ‘व्यवसायीका माग पूरा गर’, ‘सम्पूर्ण व्यवसायी एक हौं’, ‘व्यवसायी मैत्री ऐन, आजको आवश्यकता’, ‘एकपक्षीय रुपमा व्यवसायीलाई मात्र दोष लगाउने काम बन्द गर’, ‘निर्माण व्यवसायीको संरक्षण गर’ नारा लेखिएको प्ले कार्ड बोकेका थिए।

माग सम्बोधनका लागि सरोकारवाला अन्य निकाय उदासीन भएपछि बाध्य भएर प्रधानमन्त्री निवासमै धर्ना दिनु परेको महासंघले जनाएको छ।