नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक मंगलबार पनि घटेको छ। सातामा भएको कारोबारमा आइतबार दोहोरो अंकले गिरावट आएको सेयर बजार सोमबार स्थिर देखिएको थियो।

मंगलबार शून्य दशमलव ९१ अंकले घटेर परिसूचक १ हजार १ सय ९ दशमलव १६ अंक कायम भएको छ। १ सय ६५ वटा कम्पनीको ११ लाख ३४ हजार कित्ता ३ हजार ८ सय ४१ पटक किनबेच हुँदा २९ करोड ५८ लाख ६९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

बैंकिङ समुह, व्यापार समूह र जलविद्युत समुहको उपसूचक क्रमशः शून्य दशमलव ८३, १९ दशमलव ०२ र शून्य दशमलव ८५ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ।

सबैभन्दा धेरै उत्पादन समूहको उपसूचक १६ दशमलव २९ अंकले घटेको छ।