राजधानीको गंगबुमा रहेको कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहार योजनाका विजेतालाई उपहार हस्तान्तरण गरेको छ । सोमबार एक कार्यक्रमकाबीच उपहार विजेतालाई उपहार हस्तान्तरण गरिएको हो । उपहार अन्तरगत प्रथम उपहार सर्लाहीका दिप्शन वस्नेतले १ सय ५० सिसिको यामाहा एफ जेड एफ आइ भि थ्रि मोटरसाइकल जित्न सफल भए । उनी मात्र १८ महिनाका छन् । उनका अविभावकले किनमेल गर्दा उनले मोटरसाईकल जितेका हुन् ।

यसैगरी द्धितिय उपहारकाठमाडौका अनुराधा  ज्ञवालीले यामाहाकै १ सय ५० सिसिको एफ जेड एफ आइ भि टु मोटरसाइकल जित्न सफल भए । यस्तै तेस्रो उपहार काठमाडौका अनिरूद्र जंग केसीले यमाहाको १ सय ३३ सिसिको एफ जेड एफ आइ भि टु स्कुटर जित्न सफल भए । यसैगरी चौथो उपहार बुटवलकी प्रमिरा बस्नेतले एलजीको ४३ इन्च टिभि जित्न सफल भइन भने पाँचौ उपहार नुवाकोटका टिकाराम विश्वकर्माले ३२ इन्चको एल इ डि टिभि जित्न सफल भए । यस्तै छैठौँ उपहारमा माछापोखरी काठमाडौका रंजित कार्कीले एलजीको १ सय ९० लिटरको फ्रिज जित्न सफल भए बुढानिलकण्ठका लोनिभा खड्काले सामसुङको मोबाईल जित्न सफल भइन् । सान्तना पुरस्कारमा विभिन्न्न ५ जना व्यक्तिले निमाको घडी जित्न सफल भए । उपहार हस्तान्तरण कार्यक्रममा कान्तिपुरमलका महाप्रबन्धक अमर निरौलाले दशैँ तिहारमा सञ्चालित कार्यक्रम उत्साहजनक ढंगबाट सम्पन्न भएको बताउनु भयो । कान्तिपुर मलले हरेक वर्ष दशैँ तिहारमा उपहार योजना सञ्चालन गर्दै आाएको छ ।