यस वर्षको बहुप्रतिक्षीत चलचित्र ‘प्रेम गीत ३’ का निर्माता तथा निर्देशक सन्तोष सेनले चलचित्र ‘प्रेम गीत ३’ को छायाँकन ४५% सकिएको जनकारी आफ्नो फेसबुक मार्फत गराएका छन्। अब को बाकी छायांकन मनाङमा हुनेछ । फिल्मको छायांकनका लागि कीर्तिपुरमा भव्य सेट खडा गरिएको थियो। उनले आफ्ना सम्पूर्ण टिमले दिन रात नभनेर, भोक र प्यास समेत नभनेर कम गरेको पनि जानकारी दिएका छन्। ‘प्रेमगीत ३’ मा अभिनेता प्रदीप खड्काले प्रमुख भूमिका निभाउँदैछन् । चलचित्रमा ‘गीत’ को भूमिकामा नव-अभिनेत्री क्रिस्टिना गुरुङ देखिँदैछिन् । आसुशेन फिल्मस्को ब्यानरमा बन्न लागेको चलचित्र ‘प्रेम गीत ३’ लाइ छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गर्दैछन्। चलचित्र आगामी चैत २८ मा रिलिज हुदैछ।