स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश

स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। बुधबार राति भएको समूह ‘एफ’ को खेलमा बोरुसिया डर्टमण्डलाई ३–१ गोलअन्तरले पराजित गर्दै बार्सिलोनाले च्याम्पियन्स लिगववको अन्तिम १६ मा स्थान बनाएको हो।

बार्सिलोनाको जितमा लुइस स्वारेज, कप्तान लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानले गोल गरे। बोरुसियाका लागि जाडन सान्चोले गोल गरे।

खेलको २९औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई १–० गोलको अग्रता दिलाए। त्यस्तै, ३३औं मिनेटमा कप्तान मेस्सी गोल गरेपछि बार्सिलोना पहिलो हाफसम्म २–० गोलले अघि रहेको थियो। खेलको ६७औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई ३–० गोलको अग्रतामा पुर्‍याए। खेलको ७७औं मिनेटमा बोरुसिया डर्टमण्डका सान्चोले गोल गर्दै ३–१ को स्थितिमा ल्यापनि बार्सिलोनालाई रोक्न भने सकेन।जितसँगै बार्सिलोनाले ५ खेलबाट ११ अंक बनाउँदै नकआउट चरणमा पुगेको हो।च्याम्पियन्स लिगको समूह ‘ई’ को खेलमा लिभरपुलले नापोलीसँग १–१ गोलको बराबरी खेलेको छ।

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित