१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको महिला भलिबलमा नेपालले बिहीबार समूह चरणको दोस्रो खेलमा बलियो टिम भारतसँग प्रतिस्पर्धा गर्दै छ।

खेल त्रिपुरेश्वरस्थित कभर्डहलमा बेलुका ५ बजे सुरु हुनेछ। भारत आज पहिलो खेल खेल्न लागेको हो। नेपालले महिला भलिबलमा भारतलाई हराउँदै स्वर्ण जित्ने लक्ष्य राखेको छ।