१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन्।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले बिहीबार काठमाडौंमा संचारकर्मीहरुसँग कुरा गर्दै प्रतियाेगिताकाे उद्घाटन राष्ट्रपतिले गर्ने जानकारी गराएका हुन्।

मंसिर १५ गते (आइतबार) साँझ ५ बजे सागको उद्घाटन दशरथ रंगशालामा राष्ट्रपति भण्डारीले गर्ने मन्त्री विश्वकर्माले जानकारी दिए।

उद्घाटन कार्यक्रममा देश विदेशबाट विभिन्न विशिष्ट व्यक्तिहरुको सहभागिता रहने समेत उनले बताए।