१३औं दक्षिण एसियाली खेलकूद (साग)को उद्घाटन र समापनको दिनमा उपत्यकाको यातायातमा जोर विजोर प्रणाली लागू गरिने भएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले खेल उद्घाटनको दिन मंसिर १५ गते विजोर नम्बर प्लेटका र समापन मंसिर २४ गते जोर नम्बर प्लेटका सवारी साधन सञ्चालन हुने जनाएको छ। महाशाखाले बिहीबार सूचना जारी गरी सागको ट्राफिक व्यवस्थापनलाई चुस्त र सुरक्षित बनाउन ठूला मालबाहक सवारीसाधन रिङराेडभित्र प्रवेश नगराइदिन चालकलाई अनुरोधसमेत गरेको छ।

सूचनामा गाडीको हर्न नबजाउन तथा जथाभावी बाटो नकाट्नसमेत अनुरोध गरिएको छ। खेल हेर्न आउने सर्वसाधारणको पार्किङस्थल टुँडिखेल तोकिएकाले सोही ठाउँमा पार्किङ गर्नसमेत प्रहरीले सबैमा अनुरोध गरेको छ।