८ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालय गौचरका डिआइजी सूर्यप्रसाद उपाध्याका अनुसार गएराति साढे १० बजे ८ किलो सुनसहित २ चिनियाँ नागरिक पक्राउ परेका हुन्।

हङकङबाट आएको नेपाल एयरलायन्सको आरए ४१० नम्बरको फ्लाइटमार्फत नेपाल आउँदै गर्दा उनीहरुलाई भन्सारको ३ नम्बर गेटबाट पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा पासवर्ड नम्बर इएच ६५९६६३७ नम्बरका चीन्को फुजिनका चेन होङयाङ र इए ५८०७५९८ नम्बर भएका चेन इङचुहाङ छन्।