नक्कली कागजात बनाइ सर्वसाधारणबाट ठूलो रकम असुल गर्ने गिरोह प्रहरीको फन्दामा

नक्कली कागजात बनाइ सर्वसाधारणबाट ठूलो रकम असुल गर्ने गिरोहलाई प्रहरीले विभिन्न फोटो स्टुडियोमार्फत् पक्राउ गरेको छ।

पक्राउ पर्नेममा ओखलढुंगाको ३४ वर्षीय सविन कुमार तोलाङ्गी, चितवनका ३४ वर्षीय अर्मत सुर्खेती र धादिङका २६ वर्षीय मधुसुदन दवाडी रहेका छन्।

पक्राउ परेका मध्ये सविन कुमार श्रेष्ठ फोटो स्टुडियोमा आबद्ध छन् भने अमृत स्टार डिजिटल फोटो स्टुडियो र मधुसुदन दुवाडी डिजिटल फोटो स्टुडियोको सञ्चालक हुन्।

उनीहरूलाई नक्कली सरकारी कागजात, शैक्षिक योग्यताको प्रमाणपत्र, सवारी अनुमती चालक पत्र लगायतका सरकारी कागजातहरू कीर्ते गरी वा अवैध रुपमा बनाउँदै आएको विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज काठमाडौंको टोलीले पक्राउ गरेको हो।

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित