उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले काठमाडौं–तराईरमधेश द्रुतमार्ग सडक आयोजनाको निरीक्षण गर्नुभएको छ । शुक्रबार उपप्रधान तथा रक्षामन्त्री पोखरेलले मख्खुवेशी, सिस्नेरी, बुदुने, राजदमार, बागदेव ईलाका र निजगढ स्थित जिरो प्वान्टको निरिक्षण गर्नुभएको हो । सो क्रममा उहाले नेपाली सेनाका स्थानीय कमाण्डरबाट वस्तुस्थिति तथा कार्य प्रगतिको बारेमा जानकारी लिनु भएको छ । निरीक्षणको क्रममा माननीय उपप्रधान तथा रक्षामन्त्री पोखरेलले आयोजनालाई समयमा नै सम्पन्‍न गर्न आईपर्न सक्ने मुख्य चुनौतिहरुको बारेमा समेत जानकारी लिनुभयो । निरीक्षणमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.पुष्पराज कँडेल, नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, रक्षा सचिव रेश्मिराज पाण्डे, भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्की लगाएतको सहभागिता रहेको थियो ।