संगीतकार सालिकराम घिमिरेको संगीतमा गायक शशी बिक्रम थापाको आवाजमा रहेको “दामोदरम गोबिन्दम” बोलको भजनको भिडियो सार्बजनिक गरिएको छ।भजनको शब्द रचना शिव प्रसाद न्यौपानेको हो साथै संगीत संयोजन बिनोद भुजेलले गरेका छन्। उक्त भजन ” भजन त्रिवेणी” संग्रहमा समाबेश गरिएको छ।
भजनको भिडियो को छायांकन दिपक रायमाझी ले गरेका हुन् भने सम्पादन अनिल कुमार महर्जनले गरेका छन्।
भजनको भिडियो संगीतकार सालिकराम घिमिरेको यु टुब बाट सार्बजनिक गरिएको हो।