प्रदेशसभा सदस्यअन्तर्गत भक्तपुर निर्वाचन क्षेत्र नं.१ (क)मा नेपाली कांग्रेस विजयी भएको छ।  निर्वाचन आयोगका अनुसार कांग्रेस उम्मेदवार कृष्णलाल भडेलले १३ हजार ४ सय ४९ मत प्राप्त गरेर विजयी भएका छन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार डीपी ढकालले भने ११ हजार २ सय ५ मत मात्रै प्राप्त गरे।

भडेललेले २२ सय ४३ मतान्तरले ढकाललाई पराजित गरेका हुन्। यसअघि उक्त क्षेत्रमा नेकपाका हरि शरण लामिछाने १२ हजार ७ सय ८९ मत ल्याएर विजयी भएका थिए।