उपनिर्वाचनमा चितवनका तीनवटै वडामा नेपाली कांग्रेस विजयी भएको छ।

जिल्लाको खैरहनी नगरपालिका ४ र ५ तथा भरतपुर नगरपालिका १६ मा कांग्रेस उम्मेदवारहरुले नेकपा उम्मेदवारहरुलाई पछि पारेका हुन्।

यस्तो छ, अन्तिम मत परिणामः

खैरहनी नगरपालिका-४

देवबहादुर बस्नेत- ११३८ (कांग्रेस/विजयी)

बेदबहादुर अधिकारी- ९८६ (नेकपा)

खैरहनी नगरपालिका-५

प्रतिमा कार्की- ८४२ (कांग्रेस/ विजयी)

कूल नारायण प्रधान- ७५६ (नेकपा)

भरतपुर नगरपालिका- १६

अमृतराज हमाल- ३१८३ (कांग्रेस/विजयी)

भक्तराज हमाल- २८७६ (नेकपा)

धनप्रसाद घले- ३९ (राष्ट्रिय नागरिक पार्टी)