धावक टंक कार्कीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष १५ सय मिटर दौडमा कास्य पदक जितेका छन्।

दशरथ रंगशालामा मंगलबार भएको फाइनलमा टंकले निर्धारित दौड ३ मिनेट ५९.२० सेकेन्डमा पूरा गरे।

भारतका अजयकुमार सरो ३ मिनेट ५४.८१ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै स्वर्ण जिते। रजत पदक पनि भारतकै अजित कुमारले जिते।

महिलातर्फ भने सरस्वती भट्टराईले पाँचौ स्थानमा सीमित भएकी छिन्। श्रीलंकाकी कुबुरालागेले स्वर्ण जितिन्। त्यस्तै, भारतीय खेलाडीले रजत पदक पाइन्।