१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्सको १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठले स्वर्ण जितेकी छिन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सन्तोषीले ३५ मिनेट ०७.९४ सेकेण्डको समय निकालिन ।

भारतकी कविता यादवलाई ०.०१ सेकेण्डले पछि पार्दै सन्तोषीले स्वर्ण जितेकी हुन् । कविताले ३५ मिनेट ०७.९५ को समय निकालिन ।

कास्य जितेकी श्रीलंकाकी निलान्थी लंकाले ३५ मिनेट ५९.०२ सेकेण्डको समय निकालिन ।