चलचित्र ‘सेल्फी किङ्ग’को टिजर सार्बजनिक

0
80

अमृत बस्नेत,चलचित्र ‘सेल्फी किङ्ग’को टिजर सार्बजनिक भएको छ। एक मिनेट लामो टिजरमा नायक विपिन कार्कीको केही संवादहरु समावेश गरिएको छ ।चलचित्रको शिर्ष भुमिकामा बिपिन कार्कीले अभिनय गरेका छन्। हरेक चलचित्रमा फरक पात्र को रुप मा देखिने बिपिन ले यो चलचित्र मा पनि फरक रुप मा प्रस्तुत भएको हेर्न सकिन्छ। चलचित्रमा विपिन संगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारहरुको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले बिशेष भुमिकामा अभिनय गर्नेछिन ।चलचित्र ‘प्रसाद’ का निर्माता सुभाष थापा र सोही फिल्मका निर्देशक दिनेश राउतले संयुक्त रुपमा निर्माण गरेको चलचित्र ‘सेल्फी किङ्ग’ लाइ बिशाल सापकोटाले निर्देशन गरेका छन्।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice