त्रिपुरेश्वर चोकबाट नजिकै थापाथलीतिर जानेबाटो लगभग एकसय मिटर लागेपछि अगाडि सानो प्रहरी बिट देखिन्छ। त्यसै बिटसंग टासिएर मन्दिरजस्तै देखिने दुईतल्ले घर छ। हो त्यहि घरमा छन् नेपाली लोकबाजाको संग्रहालय । जहा सजिएका छन् पुराना तथा नयाँ लोकबाजाहरु।तर यो संग्रहालय कुनै सरकारी भने होइन । एउटा व्यक्तिको सपना हो । एउटा समुहको काम हो ।
कुरा बि स २०५२ साल तिरको हो । यसै संग्रहालयको संचालक राम प्रसाद कंडेलको मनमा एउटा बिचार आएछ ‘नेपाली लोक बाजाको संग्रहालय’ खोल्ने ।उनले आफ्ना साथीहरुलाई लोक बाजाको संग्रहालय खोल्ने कुरा गरे । उनको कुरा साथीहरुलाई ठिक लाग्यो अनि सुरु भयो नेपाली लोक बाजाको खोजि ।
संग्राहलय ऐन छुट्टै नभएकाले २०५४ साल जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सामाजिक संस्थाको रुपमा दर्ता गरी विधिवत रुपमा काम सुरु भयो।काम सुरुवात गरेसँगै संस्थाले विभिन्न जिल्लामा लोकबाजाका विषयमा अध्ययन, अनुसन्धान र संकलन थाल्यो।संकलन भएका सामग्रीलाई व्यवस्थापन र प्रदर्शन गर्न २०५८ सालमा भद्रकालीको कालधारामा कोठा भाडामा लिएर शुरु भएको सो संग्राहलय २०६४ सालबाट त्रिपुरेश्वर महादेव मन्दिर परिसरमा गुठी संस्थान अन्तर्गत पर्ने भवनमा आइपुग्यो।


तर, अहिले संग्राहलय संरक्षणमा चासो कमैको मात्र छ। त्यसैले लोकबाजा संग्राहलयको भविष्य पनि संकटमा परेको छ। ७२ सालको भूकम्पले चर्काएको भवन मर्मत गर्नका लागि संग्रहालयलाई गुठीले पत्र पठायो । भवन मर्मत हुने कुराले संचालक सकारात्मक नै थिए तर पछि भवन मर्मत भैसकेपछि उक्त ठाउ छोड्नु पर्ने कुरा आएपछि भने गुठि र संग्रहालयका संचालक बीच मनमुटाब भयो । संग्राहलयका संचालकले काठमाण्डौ जिल्ला अदालतमा गएर मुद्दा नै हाले तर अदालतको पक्ष भने गुठि तिर आयो ।
बहुमुल्य नेपाली लोकबाजाको संग्राहलय अहिले संकटमा छ । संचालकलाई पिरलो छ भन्छन “यो भवन छोड भन्छ,अब यतिका बहुमुल्य बाजा मैले कहा लगेर राखु”
हुन् त् उनले सस्कृति मन्त्रालयलाई उक्त संग्राहलय हस्तारण गर्ने भनेका छन्,त्यसको पनि टुंगो भने छैन ।
संग्राहलयमा अहिलेसम्म विभिन्न जातजातिका ६ सय ५६ थरीका बाजा छन भने बौद्धिक कालदेखिका तीनतारे वीणादेखि मन्दिरमा बिहान बेलुका पूजा गर्दा बजाइने नगरासम्म सजिएका छन्। त्यस्तै र्‍याटी टुना, अष्टसुर, आठतारे वीणा जस्ता पौराणिक कालदेखि बजाउँदै आएका बाजा पनि छन् ।

हेर्नुहोस भिडियो :