दर्शक माझ लोकप्रिय बन्दै गायिका सुमिता राईको ‘कोही भन्छन् फुल मलाई’ [ भिडियो]

0
24

गायिका सुमिता राईको डेब्यु एल्बम ‘सगुन’ भित्र समावेश गीत “कोही भन्छन् फुल मलाई”को म्युजिक भिडियो सार्वजनिक भए संगै दर्शक माझ लोकप्रिय बन्दै गैरहेको छ । प्रतिभाशाली गायिका राईको केहि दिन पहिला मात्र सार्वजनिक म्युजिक भिडियो “कोही भन्छन् फुल मलाई” गीतका शब्द मुकेश राईले लेखेका हुन् भने गीतमा संगीत बिक्रम राईको रहेको छ । पुरुषोत्तम सुवेदीले गीतको संगीत संयोजन गरेका हुन् ।
भिडियोमा विभिन्न भेषभुषामा सजिएकी नायिका केकी अधिकारीको सुन्दर नृत्य देख्न सकिन्छ । नेपालको विभिन्न रमणीय ठाउमा शुट गरिएको भिडियोलाई अकिल बजगाईले छायांकन गरेका हुन् । प्रकाश एसकेले भिडियो सम्पादन गरेका हुन् ।
गोबिन्द राईको कन्सेप्ट तथा निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो खरुन राईले निर्माण गरेका हुन् l सुमिता राईको आफ्नै अफिसियल युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको छ । नेपाली सङ्गीत आकाशमा श्रोताका लागि मीठो ‘सगुन’ लिएर उदाएकी गायिका विगत १५ वर्षदेखि यूके बस्दै आएकी छिन । राईलाई सानैदेखि गीत , सङ्गीतमा गहिरो अभिरुची भएपनि विविध कारणले एल्बम प्रकाशन गर्न सकेकी थिईनन ।केहि महिना अघि नेपालमा एक कार्यक्रम गरि उनको एकल एल्बम “सगुन” बिमोचन गरिएको थियो।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice