सिद्धबाबा छुटाउन राज्यका उच्च पदस्थ व्यक्तिहरु सक्रिय, अडियो मार्फत उजुरी फिर्ता लिन गरिएको संवाद सार्वजनिक

0
44

अमृत बस्नेत, सिद्द बाबा भनिने धार्मिक गुरु कृष्ण बहादुर गिरीको अडियो टेप सार्वजनिक भएको छ । पिडित संग गरिएको भनिएको उक्त अडियो मार्फ बाबाले मुद्धा फिर्ता लिए आफु लिङ्ग काट्न समेत तयार रहेको बताएका थिए । बाबाको मुद्धामा सुरुवात बाट नै पिडितले न्याय नपाएको तथा बाबालाई बचाउन प्रहरी तथा राज्यका विशिष्ट अधिकारीहरु नै लागि परेको भन्ने विषय समेत चर्चामा आइहरेको बेला बाबाको उक्त अडियो प्रमाणले उनि मात्र नभई उनलाई बचाउन खोज्नेहरुलाई समेत सकस पुगेको छ । स्रोतका अनुसार राज्यका केहि प्रभावशाली व्यक्तिहरुले न्यायधिशहरु संग उक्त घटनाका बारेमा आफु अनुकुल आग्रहहरु गरिरहेको समेत चर्चामा रहेको छ ।
सिद्धबाबालाई पक्राउ गरेको आज २५ दिन पुग्दैछ । सरकारी वकिलको कार्यालयले आजै मिसिल बुझाएर सिद्धबाबालाई अदालतमा हाजिर गराउने तयारी गरेको छ ।
जिल्ला अदालत सुनसरीले गिरीलाई पछिल्लो पटक ७ पुसमा थप तीन दिन थुनामा राख्न अनुमति दिएको थियो । उनी १६ मंसिरमा पक्राउ परेका थिए ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice