रोटरी क्लब अफ काठमाडौं मेट्रोले सिडिसिएलाई ह्विलचियर हस्तान्तरण

0
25

अमृत बस्नेत,रोटरी क्लब अफ काठमाडौं मेट्रोले फरक क्षमता भएका व्यक्तिहरुको प्रोत्साहनका लागि कपनको सिडिसिए नामक संस्थालाई ६ थान ह्विलचियर प्रदान गरेको छ । फरक क्षमता भएका व्यक्तिहरुको व्यक्तित्व विकासमा कार्य गर्दै आइरहेको उक्त संस्थालाई रोटेटरी क्लब अफ काठमाडौ मेट्रोका अध्यक्ष नविन पाण्डेको नेतृत्वमा पूर्व अध्यक्षहरु शशि सत्याल, प्रमोद कुवर, त्यसैगरी सचिव दिप्ती शिलवाल भट्टराई, सुमित भट्टराई लगायतको उपस्थितीमा सो समाग्री हस्तान्तरण गरेको हो । कार्यक्रममा सिडिसिए संस्थाका अध्यक्ष डेण्डी शेर्पाले सहयोग प्रदान गर्नेहरु प्रति कृतज्ञ रहदै विगतमा प्राप्त गरेको सहयोग समेत स्मरण रहेको बताउदै आगामी दिनमा सहयोगीहरुलाई समेत गौरव बढ्ने गरेर समाजिक कार्यमा जुटने बताएका थिए । सहयोग दाताहरुको तर्फबाट अध्यक्ष नविन पाण्डेले समाजमा केहि सकारात्मक गर्ने प्रयास सदैव गरिने बताउदै आफुलाई पनि सन्तुष्टि मिलेको बताए । कार्यक्रमको संयोजन काठमाडौं खेलकुद समाजले गरेको थियो ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice