जुनियर ग्ल्याम इन्टरनेसनल २०२०को उपाधि अरन्जल क्षेत्रीले प्राप्त गर्न सफल भएका छन् । त्यस्तै मिस लिटिल ग्ल्याम चार्म इन्टरनेसनल २०२० समिक्षा कार्की बनेकी छन् । यहि जनवरी ५बाट १२सम्म फिलिपिन्सको मनिलामा सम्पन्न प्रतियोगितामा १२देशका प्रतिष्पर्धीको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा नेपाल बाट प्रतिनिधित्व गरेका क्षेत्री र कार्कीले नै उपाधि प्राप्त गर्न सफल भएका छन् । उक्त कार्यक्रममा राष्ट्रियता झल्काउने पहिरनमा सजिएर नेपाली प्रतिनिधि पुगेका थिए ।नेपालको प्रतिनिधित्व गराउन न्यु राइज इन्टरटेनमेन्टका सीइओ नवराज देउबाले प्रतियोगीलाइ फिलिपिन लैजाने व्यवस्था मिलाएका थिए ।उनीहरुले उक्त कार्यक्रम मार्फत आफ्नो मात्र नभई देशकै नाम उच्च बनाएर फर्किएका छन।